दीगो विकासका लक्ष्य हासिल गर्न खाद्य सुरक्षा सरकारको विशेष प्राथमिकता – अर्थमन्त्री खतिवडा
काठमाडौै, १३ मंसिर । अर्थ मन्त्री डा. युवराज खतिवडाले दीगो विकासका लक्ष्य हासिल गर्न सरकारले खाद्य सुरक्षालाई विशेष प्राथमिकता दिएको बताएका छन् । इटालीको राजधानी रोममा आयोजित संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रमको कार्यकारी वोर्डलाई सम्वोधन गर्दै नेपालमा खाद्य सुरक्षा सुनिश्चित गर्दै केही वर्ष भित्र भोकमरीको अन्त्य गर्ने बताएका हुन ।
सो अवसरमा अर्थमन्त्री डा. खतिवडाले संघीय व्यवस्थालाई संस्थागत गर्दै नागरिक सेवा प्रवाहको गुणस्तर अभिबृद्धि गर्ने नेपाल सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै खतिवडाले आर्थिक र सामाजिक विकासलाई समावेशी बनाउँदै एक वर्ष भित्र सबै बालबालीकाको विद्यालय भर्ना, दुई वर्ष भित्र निरक्षरताको अन्त्य, तीन वर्ष भित्र आधारभूत खानेपानी र आधुनिक उर्जा र पाँच वर्ष भित्र सबैलाइ सामाजिक सुरक्षाको व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको जानकारी गराउनु भयो ।
अर्थमन्त्री डा. खतिवडाले विगत ५० वर्ष देखि विश्व खाद्य कार्यक्रमले नेपालमा पुर्याएको सहयोग प्रति सराहना व्यक्त गर्दै आगामी दिनमा नेपालको संवैधानीक व्यवस्था अनुसार खाद्य सुरक्षा कायम गर्न, सामाजिक सुरक्षा प्रणालीलाई प्रभावकारी बनाउन र निशुल्क तथा अनिवार्य आधारभूत शिक्षा ऐन, २०७५ अनुसार कुनै पनि बालबालीका भोको नरहने व्यवस्था रहेको चर्चा गर्दै त्यस्तो व्यवस्थाको प्रभावकारी कार्यान्वयनको लागि पनि विश्व खाद्य कार्यक्रम तथा अन्य द्विपक्षीय विकास साझेदारहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे ।
विश्व खाद्य कार्यक्रमको कार्यकारी वैठकले नेपालको खाद्य सुरक्षा, आपतकालिन खाद्य प्रवन्ध र वाल पोषणका क्षेत्रमा विश्व खाद्य कार्यक्रमको नेपालका लागि ५ बर्षे रणानीतिक योजना पनि पारित गरेको थियो ।
भ्रमणका क्रममा अर्थ मन्त्री डा. खतिवडाले विश्व खाद्य कार्यक्रमका उच्च पदस्थ कार्यकारी सञ्चालकहरु, अमेरिकी तथा चिन सरकारका प्रतिनिधिहरु तथा कार्यकारी वैठकमा भाग लिन आएका अन्य देशहरुका प्रतिनिधिहरुसंग खाद्य सुरक्षाका सम्वन्धमा द्विपक्षीय सहयोगवारे छलफल गर्नु भएको थियो । मन्त्री खतिवडा आजै स्वदेश फर्कनु फर्किएका छन् ।