Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

गुराँस लघुवित्तको साधारण सेयर निष्काशनको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

गुराँस लघुवित्तको साधारण सेयर निष्काशनको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाडौं, १३ मंसिर । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रति शेयर रु.१००÷—अंकित दरको २, लाख ५० हजार कित्ता साधारण सेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा गुराँस लघुवित्तका निमित्त प्रमुख कार्यकारी अधिकृत नगेन्द्र मिश्र र एनआईबिएल एस क्यापिटलका महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

गुराँस लघुवित्त वित्तीयको अधिकृत पूँजी १० करोड, जारी पूँजी ७ करोड ७५ लाख रुपैयाँ र चुक्ता पूँजी ५ करोड २५ लाख रुपैयाँ रहेको छ । सर्वसाधारणहरुलाई सेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी ७ करोड ७५ लाख रुपैयाँ हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x