Date

शुक्र, कार्तिक १४, २०८२
Fri, October 31, 2025

बुद्धले सातामा काठमाडौँ–कलकत्तामा चार उडान गर्ने

बुद्धले सातामा काठमाडौँ–कलकत्तामा चार उडान गर्ने

काठमाडौँ, १४ कार्तिक । बुद्ध एयरले आगामी नोभेम्बर १५ (कात्तिक २९ गते)देखि काठमाडौँबाट सिधै कलकत्तामा दुईतर्फी उडान गर्ने भएको छ । बुद्ध एयरले साताको ४ दिन काठमाडौँ–कलकत्ता उडान गर्ने जानकारी दिएको हो ।

बुद्ध एयरका अनुसार यसअघि साताको ३ दिन उडान गर्ने भनिएको थियो । तर एयरलाइन्सले साताको ३ दिनको उडान तालिकालाई परिमार्जन गरी सातामा आइतबार, मङ्गलवार, बिहीबार र शनिवार गरी चार दिन उडान गर्ने तयारी रहेको प्रवक्ता वीरेन्द्र कर्णले जानकारी दिए ।

उनका अनुसार बुद्ध एयरले भारतको कलकत्ता ६ वर्ष पछि पुन उडान गर्न लागेको हो । यसअघि पनि २०७६ जेठ १३ देखि केही समय बुद्ध एयरले काठमाडौँबाट भारतको कलकत्ता सिधा उडान सुरु गरेको भए पनि ६ महिना नपुग्दै बन्द भएको थियो । तर अब पुन उडान गर्ने गरी बुद्ध एयरले उडान तालिका सार्वजनिक गर्दै यात्रुका लागि टिकेट बुकिङसमेत सुरु गरेको छ ।

बुद्ध एयरले कलकत्ता उडानको न्यूनतम भाडा दर १४ हजार ५ सय रुपैयाँ रुपैयाँ तोकेको छ । बुद्धले अहिले पनि भारतको बनारसमा नियमित उडान गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *