Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

व्यक्तिगत निक्षेपमा लाग्दै आएको ब्याजदरको सीमा हट्यो

व्यक्तिगत निक्षेपमा लाग्दै आएको ब्याजदरको सीमा हट्यो

काठमाडौँ, १८ मङ्सिर । व्यक्तिगत निक्षेपमा लाग्दै आएको ब्याजदरको सीमा हटेको छ । नेपाल बैंकर्स सङ्घको आज बसेको बैठकले व्यक्तिगत निक्षेपमा लाग्दै आएको ब्याजदर सीमा हटाएर बैंकलाई नै स्वतन्त्ररूपमा निर्णय गर्न पाउने व्यवस्था गरे सगै ब्याक्तिगत निक्षेपमा ब्याजदर निर्धारण गर्न बैंकहरु स्वतन्त्र भएका हुन ।

यसअघि वाणिज्य बैंकले ‘भद्र सहमति’ भन्दै सङ्घको निर्णयका आधारमा निश्चित प्रतिशत मात्रै ब्याज दिन पाउने निर्णय गर्ने गरेका थिए । बैकमा ऋण दिने रकमको अभाव हुन थालेपछि सङ्घको बैठकले निक्षेप बढाउनका लागि त्यस्तो निर्णय गरेको हो ।

सङ्घका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले व्यक्तिगत निक्षेपका हकमा ब्याजदर वाणिज्य बैंकले आफैँ निर्धारण गर्न पाउने बताउदै उनले भने यो निर्णसँगै “व्यक्तिगत निक्षेपको हकमा बैंक आफैँले स्वतन्त्र हुने निर्णय गर्न सक्छन् ।” यसअघि व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशतसम्म मात्रै ब्याज दिन पाइने सहमति गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x