आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल बैंक लिमिटेड बिच बीमा सेवा सम्झौता
काठमाडौं, १८ मंसिर । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल बैंक लिमिटेड बिच दुर्घटना बीमा तथा औषधोपचार बीमा सेवा सम्झौता भएको छ । उक्त सम्झौता पश्चात बैंकले आफ्ना खातावाला ग्राहकहरुलाई निशुल्क रुपमा रु.१० लाख बराबरको दुर्घटना बीमा र रु.२५ हजार बराबरको औषधोपचार बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्रदान गर्नेछ । सो सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल बैंक लिमिटेडका प्रमुख कर्याकारी अधिकृत देवेन्द्र प्रताप शाहले हस्ताक्षर गरेका छन् ।
नेपाल बैंकमा नागरिक बचत खाता खोलेका र खोलिने खातावालाहरुको निशुल्क रुप दुर्घटना बीमा तथा औषधोपचार बीमा हुने जानकारी बैंकले दिएको छ ।