Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सेञ्चुरी कमर्सियल बैंकद्धारा अपाङ्ग बालबालिकालाई २ लाख रुपैयाँ आर्थिक सहयोग

सेञ्चुरी कमर्सियल बैंकद्धारा अपाङ्ग बालबालिकालाई २ लाख रुपैयाँ आर्थिक सहयोग

काठमाडौं, १८ मंसिर । सेञ्चुरी कमर्सियल बैंकले अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको उपलक्ष्यमा अपाङ्ग बालबालिकालाई २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ई–नेबल नेपाल नामक संस्थालाई प्राकृतिक, भवितब्य वा विविध कारणले हात गुमाएका बालबालिकाहरुलाई चलायमान कृतिम हात निर्माण र जडानका लागी उक्त सहयोग रकम हस्तातरण गरेको हो ।

ई–नेबल नेपाल बिगत देखि सामाजिक र्कायमा सक्रिय रहेको छ । बैंकले गरेको सहयोगबाट हात गुमाएका बालबालिकाहरु पुन आफ्नो अध्यनलाई निरन्तरता दिनुका साथै दैनिक जीवनका बिभिद् कार्य गर्न मद्दत मिल्ने बिस्वास बैकको रहेको छ । उक्त रकम बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले ई–नेबल नेपालका महासचिव सुरेन्द्र श्रेष्ठलाई चेक हस्तान्तरण गरेका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x