Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

मंगलबार दोहोरो अंकले बढ्यो नेप्से

मंगलबार दोहोरो अंकले बढ्यो नेप्से

 

काठमाडौं, १८ नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा मंगलबार दोहोरो अंकको वृद्धि भएको छ । आईतबार बजारमा गिरावट देखिएको भएता पनि सोमबार सामान्य अंकले बढको नेप्से मंगलबार भने १० दशमलव २७ अंकले बढेर १ हजार १ सय ४२ दशमलव शुन्य १ को विन्दुमा बन्द भएको छ ।

मंगलबार सबै भन्दा बढी कारोबार नेपाल बैक लिमिटेडको भएको छ । बैंकको ११ करोड ४२ लाख ८८ हजार २६१ रुपैयाँको कारोबार भएको छ । साथै लक्ष्मी लघुवित्त संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै करिब १० प्रतिशतले कमाउँदा महिला सहयात्रा लघुवित्तका लगानीकर्ताले पनि १० प्रतिशतकै हाराहारीमा गुमाएका छन् ।

आज कुल १ सय ६१ कम्पनीको १२ लाख २२ हजार १४४ कित्ता शेयर किनबेच हुँदा ३८ करोड भन्दाँ बढीको सेयर कारोबार भएको छ । यसै गरि मंगलबार सबैभन्दा बढी विकास बैंक समूह ३२ दशमलव शून्य २ अंकले बढेको छ । समग्र परिसूचक बढेको भएता पनि बैंकिङ र व्यापार समूहमा भने गिरावट आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x