Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

नेपाल र बंगलादेश बीच बिद्युत निर्यात सम्झौता अनुमोदन

नेपाल र बंगलादेश बीच बिद्युत निर्यात सम्झौता अनुमोदन

काठमाडौं,१९ मंसिर । नेपाल र बंगालदेश बीच विद्युत निर्यात सम्झौता अुमोदन भएको छ । उक्त सम्झौता अनुमोदन भएसगै माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट उत्पादित विजुली बंगला देश लैजान बाटो खुलेको छ । राजधानीमा दुइ दिन सम्म चलेको नेपाल र बंगालादेशको उर्जा संयन्त्र बैठकले माथिल्लो कर्णाली जलविद्युत आयोजनको विजुली निर्यात सम्वन्धी समझौता अनुमोदन गरेको हो ।

दुइ पक्षिय बैठकमा विद्युत ब्यापारको थप संभावना खोज्न दुई देशले दीर्घकालिन योजनाको समीक्षा गर्ने र नेपालमा लगानी योग्य संभावित आयोजनको पहिचान गरी लगानी गर्ने ब्यावस्था निर्माणका लागि संयुक्त रुपमा प्रविधिक टोली गठन गर्ने निर्णय समेत भएको उर्जा तथा जलस्रोत तथा सिचाइ मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले बताए ।

यस अघि गत भदौमा उर्जा तथा जलस्रोत सिँचाइ मन्त्री बर्षमान पुनको बंगालदेश भ्रमणको क्रममा नेपालाबाट विजुली किन्न वंगालदेश सरकारले प्रस्ताव गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *