Date

शुक्र, पुस २६, २०८१
Fri, January 10, 2025

७ भन्सार कार्यालयमा प्रभु बैंकको काउण्टर

७ भन्सार कार्यालयमा प्रभु बैंकको काउण्टर

काठमाडौं, १९ मंसिर । नेपाल सरकारले केही समय अघि स्तरोन्नती गरेको नेपाल भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा प्रभु बैंकले काउण्टर खोली बैंकिड. कारोवार सुरु गरेको छ।

झापाको भद्रपुर, सुनसरीको कोशी व्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलबस्तुको सुठौली र कैलालीको सति भन्सार कार्यालयहरुमा बैंकले अर्को हप्ता देखि बैंकको काउण्टरहरु संचालनमा ल्याएको छ ।

नेपालको सवैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट भारतसंगको सिमानामा संचालनमा आएका उक्त भन्सार कार्यालयहरुको स्तरोन्नतीसंगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुनगई राजस्व संकलनको आकडामा बृद्धि हुनजाने बिश्वास लिईएको बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x