Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

व्यवसाय बृद्धिका लागि राष्ट्रिय वाणिज्य बैंकको ४८ शाखा प्रबन्धनसँग विजनेस मिट

व्यवसाय बृद्धिका लागि राष्ट्रिय वाणिज्य बैंकको ४८ शाखा प्रबन्धनसँग विजनेस मिट

काठमाडौं, १९ मंसिर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले व्यवसाय बृद्धिका लागि रणनीति तय गर्न बढि कर्जा लगानी भएका ४८ शाखा कार्यालयका प्रवन्धकहरु सम्मिलित विजनेस मिट सम्पन्न गरेको । चितवनमा संचालित सो कार्यक्रममा प्रतिस्पर्धी बैंकिङ्ग बजारमा बैंकको निक्षेप, कर्जा, ई बैंकिङ्ग, गैर कोषमा आधारित व्यवसाय बृद्धिबारे व्यापक छलफल भई रणनीति तय गरिएको बैंकले जनाएको छ ।

कार्यक्रमको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बजारमा राष्ट्रिय वाणिज्य बैंकको व्यवसाय, नेटवर्थ, कार्यसंजाल ठूलो भएको हुंदा राष्ट्रिय वाणिज्य बैंकले नै मार्केटलाई डो¥याउनु पर्ने दायित्व रहेकाले व्यवसाय बृद्धि गर्न शाखा प्रवन्धकहरुलाई निर्देशन दिएका थिए ।

बैंकको हाल ७४ जिल्लामा २सय ८ वटा शाखा कार्यालय, १ सय ६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । हाल बैंकको १ खर्व ७५ अर्व रुपैंया निक्षेप संकलन र १ खर्व २४ अर्व रुपैंया कर्जा लगानी रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x