Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सेयर बजारमा २२.८० अंकको गिरावट, परिसूचक १११८.१९ को बिन्दुमा

सेयर बजारमा २२.८० अंकको गिरावट, परिसूचक १११८.१९ को बिन्दुमा

काठमाडौं, १९ मंसिर । बुद्यबार सेयर बजारमा भारी अंकले गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आइतबार घटेको बजार सोमबार र मंगलबार केही सुधार देखिएपनि बुद्यबार भने २२.८० अंकले घटेर परिसूचक १,११८.१९ विन्दुमा झरेको छ ।

यस दिन कारोबार भएका कुल १ सय ५६ कम्पनीको ११,६८,२३३ कित्ता सेयर खरिद बिक्री हुँदा ३७ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिनको भन्दा तुलनामा कारोबार रकम पनि १ करोडले घटेको छ ।

सबै भन्दा धेरै नेपाल बैंक लिमिटेडको सेयर कारोबार भएको छ । बैंकको आज ३ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो । त्यस्तै सबै भन्दा बढी कमाउनेमा हाथ्वे फाइनान्स कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको सेयर मुल्य ५.७७ प्रतिशतले बढेको छ भने सबै भन्दा बढी गुमाउनेमा राधी विद्युत कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको सेयर मुल्य ६.७२२६७ प्रतिशतले घटेको छ ।

सबै भन्दा बढी निर्जीवान बीमा समुहको परिसुचक १८५.२६ अंकले घटेको छ । यसै गरि क्रमश बीमा समुह ९६.०१ अंक, विकास बैंक समुह ३३.८८ अंक, माईक्रोफाईनान्स समुह ३०.४१ अंक, अन्य समुह २८.०८ अंक, उत्पादन तथा प्रशोधन समुह २५.४७ अंक, जल विद्युत समुह २१.२४ अंक, बैंकिङ्ग समुह १५.२२ अंक, होटल समुह १०.७३ अंक, फाईनान्स समुह २.४ अंकले ओरालो लागेको छ ।

नेपाल बैंकर्स संघले व्यक्तिगत निक्षेपको व्यादर तय गर्ने जिम्मा बैंकहरुलाई दिएपछि त्यसको प्रभाव सेयर बजारमा परेको विश्लेषण गरिएको छ । निक्षेपको व्याजदर बढाएसँगै कर्जाको पनि व्याजर बढ्ने त्रासले लगानीकर्ताहरुको आत्मबल कमजोर बनेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x