Date

बुध, कार्तिक १९, २०८२
Wed, November 5, 2025

ब्याज बढाउने प्रतिस्पर्धाले १३ प्रतिशत पुग्यो मुद्दती निक्षेपको ब्याज

ब्याज बढाउने प्रतिस्पर्धाले १३ प्रतिशत पुग्यो मुद्दती निक्षेपको ब्याज

काठमाडौं, २० मंसिर । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरको सीमा हटेपछि बैंकहरुबीच निक्षेप तान्न ब्याज बढाउने प्रतिस्पर्धा बढेको छ । यसअघि व्यक्तिगत मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याजदरको सीमामा बसेका बैंकहरु कुनै सीमा नतोक्ने विषयमा सहमत हुनेवित्तिकै जनता बैंकले १२ प्रतिशत ब्याजदरको योजना सार्वजनिक गर्यो । यससँग प्रतिस्पर्धा गर्दै माच्छापुछ्रे बैंकले १२.५ प्रतिशत ब्याजदर तोक्यो । यो ब्याजदर एक दिन पनि टिक्न सकेन । फेरी प्रतिस्पर्धामा खरो उत्रेर कुमारी बैंकले तीन वर्षको मुद्दती निक्षेप योजनामा १३ प्रतिशत ब्याज दिने भएको छ ।

यो प्रतिस्पर्धाले व्यत्तिगत निक्षेपकर्तालाई भने लाभ पुर्याएको छ । बैंकहरुले संस्थागत निक्षेपमा केन्द्रीय बैंकले कडाइँ गरेपछि ठूला बैंकहरुले पनि प्रतिस्पर्धा गरेरै व्यक्तिगत निक्षेप तान्नुपर्ने भएपछि साना–ठूला सबै बैंक सबैको स्वार्थ मिलेर व्यक्तिगत मुद्दती निक्षेप तर्फ ब्याजदरको सीमा (थ्रेसहोल्ड) हटेको हो । चालु वर्षको मौद्रीक नीतिको व्यवस्था अनुसार, संस्थागत मुद्दती निक्षेप कुल निक्षेपको ४५ प्रतिशतभन्दा बढी हुनुहुँदैन भने एउटा संस्थाको निक्षेप कुल निक्षेपको १५ प्रतिशतभन्दा बढी हुनुहुँदैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *