Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

संघ र प्रदेशका अर्थमन्त्री सम्मिलित अन्तरसरकारी वित्त परिषद्को बैठक बस्दै

संघ र प्रदेशका अर्थमन्त्री सम्मिलित अन्तरसरकारी वित्त परिषद्को बैठक बस्दै

काठमाडौं, २० मंसिर । संघ र प्रदेशका अर्थमन्त्रीहरु सम्मिलित अन्तरसरकारी वित्त परिषद्को बैठक आज बस्दैछ । यो अन्तरसरकारी वित्त परिषद्को दोस्रो बैठक हो । संघीय बजेट प्रस्तुत हुनुअघि गत वैशाखको अन्तिम साता पहिलो बैठक बसेको थियो ।

संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा प्रदेशका सात जना अर्थमन्त्रीहरु तथा हरेक प्रदेशबाट दुईजना मेयर या उपमेयर र गाउँपालिकाका अध्यक्ष या उपाध्यक्ष गरी १४ जना र नेपाल सरकारबाट मनोनित तीन जनामध्ये एक जना अनिवार्य महिला रहने गरी यो परिषद्को गठन भएको छ । परिषद्मा अर्थसचिव सदस्य सचिव रहन्छन् भने वित्तिय आयोगका सचिवलाई आमन्त्रित सदस्यका रुपमा आमन्त्रण गर्ने चलन छ । बजेट कार्यान्वयन, विकास खर्च, राजस्व संकलन तथा हस्तान्रणका विषयमा केन्द्रीत रहेर परिषद् बैठकमा छलफल हुने अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x