चिलिमे जलविद्युत कम्पनीले २५ प्रतिशत लाभांश वितरण गर्दै
काठमाडौं, २६ मंसिर । चिलिमे जलविद्युत कम्पनीले २५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक बर्ष सम्मको संचित मुनाफाबाट ५ प्रतिशत नदग लाभांश र चुक्ता पुँजीको २० प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुने जनाइएको छ । हाल कम्पनीको सेयर पुँजी ३ अर्ब ९६ करोड ५१ लाख १३ हजार रुपैयाँ रहेको छ ।