लगानी हस्तान्तरण सम्वन्धी कानूनको मस्यौदमा ब्यवसायीद्धारा संशोधनको सुझाब
काठमाडौं,४ पुस । उद्योगी ब्यवसायीहरुले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धि कानूनलाई संसोधन तथा एकीकरण गर्न बनेको विधेयक २०७५ को मस्यौदा संशोधनका लागि सुझाब दिएका छन् । अर्थमन्त्री युवराज खतिवडा र उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मात्रिका यादवलाई भेटेर मस्यौदाका विभिन्न बुद्धमा संशोधनका लागि आग्रह गरेका हुन । ब्यवसायीहरुले मुख्य गरेर रोयल्टि नाफबाट पुन लगानी गर्दा सिमा तोक्ने विषयमा संशोधनको आवश्यक्ता औल्याएका हुन । विधेयकमा विदेशी लगानीमा स्थापना भएको कम्पनीले आर्जन गरेको नाफाबाट पुनः नेपालमा लगानी गर्दा न्यूनतम रकमको सिमा तोकिने व्यवस्था गरेको छ । यसमा ब्यवसायीहरुले विदेशी लगानीकर्ताले नाफा कमाएर यहा थप लगानी गर्दा सिमा नतोक्न सुझाव दिएको छ । यस्तै विधेयकमा सम्झौतामा तोकिएको भन्दा बढी रोयल्टी लैजान नपाउने व्यवस्था गरिएको छ । यसमा महासंघले रोयल्टी रकम सम्झौतामा उल्लेख भएको हुँदामा यसमा उल्लेख हुन आवश्यक नभएको सुझाव दिएको छ ।
यसै गरी पानीको सतह दिनप्रतिदिन घट्दै गएको हुँदा भएका उद्योगले समेत पानी नपाएको अवस्थामा ठूला विदेशी लगानीका उद्योगले भएका उद्योग संकटमा पर्ने भन्दै पानी उद्योगमा विदेशी लगानी आवश्यक नभएको सुझाव दिएको छ । पानीको सतह घट्ने र स्वदेशी उद्योगको प्रतिस्पर्धी क्षमतामा ह्रास आउने भएकोले यसमा विदेशी लगानी रोक्न पर्ने आग्रह गरेका छन् ।