Date

मङ्ल, फाल्गुन २७, २०८१
Tue, March 11, 2025

नबिल बैंक र हिमालयन बैंकले पनि निक्षेपमा ब्याजदर बढाएपछि राष्ट्र बैक तनावमा

नबिल बैंक र हिमालयन बैंकले पनि निक्षेपमा ब्याजदर बढाएपछि राष्ट्र बैक तनावमा

काठमाडौं, ४ पुस ।  विगत केहि दिन यता अन्य बैंकले मुद्दती निक्षेपको ब्याजदर वृद्धि गर्दा सामान्य चासो राख्दै आएको राष्ट्र बैक नबिल बैंक र हिमालयन बैंकले पनि निक्षेपमा ब्याजदर बढाएपछि भने झस्किएको छ ।  अब्बल मानिएका नबिल बैंक र हिमालयन बैंकले पनि उच्च ब्याजदर सहितको स्किम ल्याएपछि बजारमा लगानीको समस्या उच्च रहेको विश्लेषण गर्न थालिएको छ ।

यस सम्वन्धमा नेपाल राष्ट्र बैंकले बैंकरहरूसँग ब्याजदर बढाउनुको कारणबारे बैकर्स प्रतिनिधिहरुसँग छलफल गरेको छ । छलफलमा राष्ट्र बैकले ब्याजदर बढाउने प्रतिसप्रर्धा भन्रदा पनि कर्जा लगानीलाई नियन्त्रण गर्दै संयमता अपनाउन सुझाव दिएको बताइएको छ । साना र नयाँ खुलेका बैंकहरुले उच्च ब्याजदरको घोषणा गर्दा त्यसलाई बजारले बैंकको आन्तरिक कारणका रुपमा विश्लेषण गरिएको थियो । तर, ठँला र अब्बल भनिएका बैंकले पनि ब्याजदर वृद्धि गरेपछि बजारमा पुँजीको संकटमात्रै होइन अरु बैंक तथा वित्तीय संस्थालाई निक्षेप कसरी जोगाउने भन्ने समस्या ब्यजदर नबढाइ बसेका बैंकहरुले राष्ट्र बैक समक्ष राखेका थिए।

बैकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव बढ्दै गएको प्रष्ट भएको छ । नियमक निकायहरूले सचेत गराउँदा गराउँदै पनि बैंकहरूबीच मुद्दती निक्षेपको ब्याज बढाउने प्रतिस्पर्धा नरोकिएपछि तरलताको समस्या रहेको स्पष्ट भएको हो । अर्का तर्फ ११। १२ प्रतिशतको हाराहारीमा लिएको कर्जा अब १७÷१८ प्रतिशत पुग्ने संकेत देखिएपछि उद्योगी व्यवसायीहरु तनाव परेका परेका छन् । यसअघि नै नेपाल उद्योग वाणिज्य महासंघले ब्याजदर नियन्त्रण गर्न राष्ट्र बैंकलाई आग्रह गर्दै सुझावसमेत दिएका छ ।

२८ वटा वाणिज्य बैंकमध्ये नबिल बैंक र हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १३ प्रतिशत पुर्याएका छन् । कुमारी, माछापुच्छे, सेञ्चुरी, मेगा, जनतालगायतका करिब एक दर्जन बैंकले ब्याक्तीगत निक्षेपको ब्याजदर १२ प्रतिशत भन्दा माथि पुर्याइसकेका छन्  ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x