ज्योति विकास बैंक र सिदार्थ बिजनेस गु्रप अफ हस्पिट्यालिटी बीच सहकार्य सम्झौता
काठमाडौं, ६ पुस । ज्योति विकास बैंक र सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिट्यालिटी प्रालि बीच सहकार्य सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिट्यालिटीको देशभरि रहेका हरेक होटेल तथा रेस्टुरेन्टका शाखा संजालहरुबाट विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुट पाउनेछन् ।
सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिट्यालिटी अन्तर्गत होटेल कैलाली सिद्घार्थ प्रालि, टिकापुर, कैलाली, पिस सिद्घार्थ कटेज रेस्टुरेन्ट प्रालि र भिऊ होटेल सिद्घार्थ प्रालि, नेपालगन्ज, सिद्घार्थ रिसोर्ट प्रालि, चिसापानी, कैलाली, सिद्घार्थ रिभर साइड रिसोर्ट प्रालि, चुम्लिङ्गटार, चितवन, सिद्घार्थ कटेज रेस्टुरेन्ट, बुटवल, होटेल सिद्घार्थ, सुन्धारा, काठमाण्डौं, सिद्घार्थ कटेज रेस्टुरेन्ट एण्ड बार प्रालि, तिनकुने, काठमाण्डौं आदि गरि हाल १८ वटा होटेल तथा रेस्टुरेन्टहरु संचालनमा छन् ।
सो सम्झौतामा बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक शुशिल कुमार शर्मा र सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिट्यालिटीका तर्फबाट कर्पोरेट प्रबन्धक सुरज प्याकुरेलले हस्ताक्षर गरेका छन् । यस बैंकका ग्राहकहरुले बैंकको एटिएम कार्ड देखाई र बैंकका कर्मचारीहरुले बैंकको परिचयपत्र देखाइ सो सुविधा लिन सक्नेछन् ।
हाल बैंकले ८३ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ७ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजार भन्दा बढि ऋणी मार्फत रु. १९ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।