Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

पश्चिम रुकुम जिल्लामा निर्धन उत्थान लघुवित्तद्वारा ब्यवसायिक कुखुरापालन तालिम

पश्चिम रुकुम जिल्लामा निर्धन उत्थान लघुवित्तद्वारा ब्यवसायिक कुखुरापालन तालिम

काठमाडौं, ६ पुस । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले दुर्गम पश्चिम रुकुम जिल्लाको चौरजहारीमा व्यवसायीक कुखुरापालन तलिम सम्पन्न गरेको छ । संस्थाले उक्त क्षेत्रका ३२ जना ग्राहक सदस्यहरुलाईं २ दिने कुखुरापालन तालिम दिएको हो । संस्थाले एक परिवारमा एक जना उद्यमी बनाउने पहल गरी साढे दुई दशक देखि निरन्तर लघुवित्त सेवा दिइ रहेको छ ।

संस्थाले हाल सम्ममा ३ लाख २८ हजार ९०६ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाको कर्जा लगानीमा १६ अर्ब ११ करोड ८१ लाख रुपैयाँ रहेको छ भने ग्राहक सदस्यहरुका ९ अर्ब १३ करोड ६५ लाख बचत परिचालन गरेको छ ।

यस्तै संस्था ७ वटै प्रदेशका ७७ वटै जिल्लाहरुमा १८१ शाखा संञ्जाल विस्तार गरेको छ भने १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पु¥याइ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x