भद्र सहमति कार्यान्वयनमा – राष्ट्र बैंकको दवावपछि ब्याजदर घटाउदै बैंकहरु
काठमाडौं,६ पुस । राष्ट्र बैंकको निर्देशन पश्चात बैंकर्स संघले ब्याज दरमा गरेको भद्र सहमति कार्यान्वयनमा लगिएकाे छ । विहिबार भएको सहमति अनुशार अधिकांस वाणिज्य बैंकहरुले निक्षेपको ब्याज घटाइरहेका छन् । राष्ट्र बैंकको समन्वयमा शुक्रबार देखि लागुहुने गरि ब्याजदर सहमति गरिएको भएता पनि केही बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर बिहिबार देखि नै घटाए । जनता बैंकले पहिले बढाएर १२ प्रतिशत पुयाएको बिशेष मुद्दती स्किम बन्द गरेको घोषणा बिहिबार नै गरेको हो । यस्तै सानिमा बैंक र मेगा बैंकले मुद्दति खाताको ब्याज दर सहमति अनुसार गरेपछि बचतको न्यूनतम ब्याज ५ प्रतिशत मात्र गरेको छ । प्राइम बैंकले बचतको न्यूनतम ब्याज पनि साढे ६ प्रतिशत नै राखेको छ । यता सिद्धार्थ बैंकले कल एकाउन्टको ब्याज दर घटाएको छ । बचत खाताको न्यूनतम ब्याज बैंकले ६ प्रतिशतमा झारेको छ । नबिल बैंकले पनि १३ प्रतिशतको ब्याज दर झारेर ९.२५ प्रतिशतमा ल्याएको छ । लक्ष्मी बैंकले बचतको न्यूनतम ब्याज पाँच प्रतिशत गरेको छ भने मुद्दतिको ब्याज सहमति अनुसार नै कायम गरेको छ ।
एनएमबी बैंक र बैंक अफ काठमाण्डु, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, कुमारी र नेपाल बंगलादेश बैंक, प्रभु बैंक, नेपाल एसबिआइ बैंक, सनराइजन बैंक र एभरेष्ट बैंकले पनि सहमति अनुसारकै ब्याज दर कायम गरेका छन् । केही बैंकले भने न्यूनतम बचतको ब्याज भने तोकेका छैनन् ।
ब्याजदरमा चलेकाे प्रतिस्पर्धाले ब्याजदरमा अनियमितता देखिइको र त्यसको प्रत्यक्ष नकारात्मक असर अर्थतन्त्रमा परेको भन्दै राष्ट्र बैंकले बिहिबार क, ख, ग र घ वर्गका बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर ब्याजदर एक अंकमा सिमित गर्न निर्देशन दिएको थियो । सोहि अनुसार बैंकर्स संघले बिहिबारबाट मुद्धति निक्षेपको ब्याजदर १० प्रतिशत भन्दा कम गर्ने निर्णय गरेको थियो भने व्यक्तिगत मुद्दति तर्फ ९.२५ र संस्थागत मुद्दति तर्फ ८.५ प्रतिशत कायम गर्ने र बचत खातामा ६.५ प्रतिशतमा सिमित गर्ने भद्र सहमति गरेका थिए ।
केहि साता अगाडी बैंकस् संघले बजारमा तरलताको समस्या भएको भद्र सहमती खारेज गर्ने निर्णय गरेसँगै १३ वटा वाणिज्य बैंकहरुले बैंकले मुद्दती निक्षेपमा ब्याज बढाएका थिए ।