सहमहामन्त्रीको संख्या ७ पुर्याउने सहमतिपछि नेपाली काग्रेसको विवाद मिल्यो
काठमाडौ, ६ पुस। लामो रस्साकस्सीपछि शीर्ष नेताहरुले सहमहामन्त्रीको संख्या ७ पुर्याउने सहमति गरेपछि नेपाली कांग्रेसमा जारी पदाधिकारी विवाद टुगिएङ्को छ । सभापति १ उपसभाति, महामन्त्री २/२ जना हुनेछन् भने समहामन्त्री ७ सहित पदाधिकारीको संख्या १३ जना रहने छ । १३ पदाधिकारी सबै निर्वाचित हुनेछन् ।
सहमहामन्त्री प्रकाशसरण महतले सबै पदमा निर्वाचनबाट चयन हुने गरी पदाधिकारीमा सहमति भएको बताए । संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच पदाधिकारीको संख्या र निर्वाचन प्रणालीबारे सहमति हुन नसकेपछि कांग्रेसमा दूरी बढेको थियो ।
सहमतिअनुसार अब विधान संशोधन मस्यौदा समितिले केन्द्रीय कार्यसमितिमा प्रस्ताव लैजानेछ । त्यसपछि महासमितिमा विधान संशोधन प्रस्ताव पेश हुनेछ ।
यसअघि उपसभाति, महामन्त्री र समहमहान्त्री २/२ बनाउने सहमति भएको थियो तर, समावेशी नभएको भन्दै केन्द्रीय सदस्यहरुले विरोध गरेपछि पार्टी सभाति शेरबहादुर देउवा पछि हटेका थिए । बिहीबार उनले उपसभापति र महामन्त्री एक-एक मनोनित गर्ने प्रस्ताव ल्याए । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाले अस्वीकार गरेपछि शुक्रबार नयाा सहमति जुटेको छ ।
विधानमाथि शीर्ष तहमा भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि नेपाली कांग्रेसले सहमतिको प्रयास सहित महासमिति बैठकलाई समेत निरन्तरता दिएको छ । बन्दसत्र छलेर शीर्ष नेताहरु कोठे बैठकमा केन्द्रित भएपछि रुष्ट बनेका महासमिति सदस्यहरुको माग सम्बोधनका लागि कांग्रेसले बन्दसत्रमा बाँकी प्रतिवेदन माथिको छलफललाई निरन्तरता दिएको हो ।