Date

सोम, मंसिर २९, २०८२
Mon, December 15, 2025

२,६०१ बिन्दुमा नेप्से परिसूचक

२,६०१ बिन्दुमा नेप्से परिसूचक

काठमाडौं, २९ मंसिर । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ६.७४ अंकले बढेको छ । यसदिन नेप्से परिसूचक ०.२५ प्रतिशतले बढेर २,६०१.६१ बिन्दुमा बन्द भएको हो ।

दिनभरमा ३ अर्ब ४४ करोड रुपैयाँको शेयर खरिद बिक्री भएको छ । आइतबार ४ अर्ब ७४ लाख ५५ हजार रुपैयाँको शेयर कारोबार भएको थियो ।

बजार बन्द हुँदा १५५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ९४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । १० वटा कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।

आज २ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । हिमस्टार उर्जा कम्पनीको शेयरमूल्य सर्वाधिक घटेको छ । यो कम्पनीको ६.९५ प्रतिशतले शेयरमूल्य घटेको हो ।

कारोबारमा आएका १३ समूहमध्ये ५ वटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *