Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

साता सेयर बजारमा १.७ अंकले बृद्धि

साता सेयर बजारमा १.७ अंकले बृद्धि

काठमाडौं, ७ पुस । यो साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा अन्तिम दिन १ दशमलव ७ अंकले बृद्धि भएको छ । यो साता जम्मा ४४ लाख ६५ हजार ५ सय १२ कित्ता शेयरहरुको खरिदबिक्री हुँदा १ अर्ब ८५ करोड ७५ लाख रुपैयाँ भन्दा बढीकोे कारोबार भएको छ ।
साताको पहिलो दिन आईतबार नेप्से १८ दशमलव ९ अंकले बढेर १ हजार १ सय ६७ दशमलव ६७ को बिन्दुमा कारोबार बन्द भएको थियो । आईतबार १ सय ५९ कम्पनीको ४७ करोड ४२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो भने सबैभन्दा बढी कारोबार छिमेक लघुवित्तको ५ करोड ७७ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको थियो । भने सोमबार नेप्से १५ दशमलव १७ अंकले बढेर १ हजार ८ सय ८२ दशमलव ७ विन्दुमा बन्द भएको थियो । उक्त दिन १ सय ५९ कम्पनीको १२ लाख ६० हजार ५१८ कित्ता शेयरको ४२ करोड ३ लाख ५३ हजार ५१५ रुपैयाँको कारोबार भएको थियो । सोमबार पनि सबैभन्दा बढी कारोबार छिमेक लघुवित्त विकास बैंकको ४ करोड ३ लाख १३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

यसै गरि मंगलबार भने नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १४ दशमलव ६१ अंकले घटेर १ हजार १ सय ६८ दशमलव १७ विन्दुमा बन्द भएको थियो । सो दिन कुल १ सय ५९ कम्पनीको ५३ करोड २३ लाख २५ हजार ६४६ रुपैयाँको कारोबार भएको थियो । मंगलबार सबैभन्दा बढी कारोबार नेपाल बैंकको ५ करोड ९ लाख ८० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । भने बुधबार नेप्से ५.४६ अंकले घटेर १ हजार १६२.७० अंकमा ओर्लिएको थियो । उक्त दिन १ सय ५ कम्पनीको १३ लाख २ हजार २२ कित्ता शेयर ३ करोड ७२ लाख ९२ हजार ९०८ रुपैयाँको कारोबार भएको थियो । बुधबार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका ३ करोड ५२ लाख बराबरको शेयर किनबेच भएको थियो ।

साताको अन्तिम दिन बिहीबार नेप्से सुचक ३ दशमलव २८ अंकले बढेर १,१६५ दशमलव ९७ विन्दुमा बन्द भएको थियो । सो दिन कुल १६३ कम्पनीका १२ लाख पाँच हजार ९ सय १४ कित्ता शेयर ४० करोड ११ लाख २ हजार ९ सय ३० रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो । बिहिबारको कारोबार रकमका आधारमा सबै भन्दा बढी एनएमबि बैंककोे ५ करोड ६७ लाख भन्दा बढीको सेयर कारोबार भएको थियो । यो साता सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x