Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

रिचार्जर एपले ल्यायो क्रिसमस क्याप अफरहरु

रिचार्जर एपले ल्यायो क्रिसमस क्याप अफरहरु

काठमाडौं, ७ पुस । नेपालको व्यापार सेवालाई प्रविधि मैत्री बनाउने लक्ष्यका साथ सेवा सुरु गरेको रिचार्जर एपको नयाँ भर्सन अपडेट भएको छ । सबैभन्दा बढि सेवा समेटिएको रिचार्जरको लोगो अंकित झण्डा दक्षिण अमेरिकाको अकोनकागुवा शिखरमा फहराइएको छ । यसै उपलक्ष्यमा भर्सन अपडेटसँगै क्रिमस डेको अवसर पारेर रिचार्जरले ४ वटा आकर्षक अफर सञ्चालन गर्ने भएको छ । अफर अन्तरगत रिचार्जरको मोबाइल एपबाट एक रुपैंयामा क्रिसमस क्याप खरिद गर्न सकिने छ । रिचार्जरका प्रयोगकर्तालेडिसेम्बर २२ तारिख शनिबारका दिन दिउँसो १ बजेदेखि साँझ ४ बजेसम्ममा यो अफर अन्तरगत क्याप अर्डर गर्नु पर्ने हुन्छ ।

त्यसै गरी ४ सय ९९ रुपैंयामा किप्याड मोबाइल खरिद गर्न रिचार्जरका प्रयोगकर्ताले डिसेम्बर २३ तारिख आइतबारका दिन दिउँसो १ बजेदेखि ४ बजेसम्ममा अर्डर गर्नु पर्ने बताइएको छ ।

रिचार्जरका प्रबन्ध निर्देशक टीकाराम बुडाथोकीका अनुसार १ रुपैंयामा क्रिसमस क्याप खरिद गर्नका लागि युजरसँग १ सय ५० क्यास व्याक प्वाइन्ट जम्मा भएको हुनुपर्छ । एप स्टोर तथा गुगल प्लेबाट रिचार्जर एप डाउनलोड गरेर खाता खोल्नासाथ एक सय क्यासव्याक पाइने बुडाथोकीले बताए । यसका अलावा जति रकमको मोबाइल रिचार्ज गरिन्छ, त्यतिनै क्यास व्याक पाइने उनले जानकारी दिए ।

यसका साथै रिचार्जरबाट मुलुकभरका विभिन्न रेष्टुरेण्टहरुमा बिल भुक्तान गर्दा २० प्रतिशत छुट पाइने छ । बिल तिर्दा तथा सामान खरिद गर्दा २० बढी वाणिज्य बैंकहरुको मोबाइल, इबैंकिंगका साथै इसेवा तथा भिसा र मास्टर कार्डबाट भुक्तान गर्न सकिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x