रोल्पाको जुगारमा निर्धन उत्थान बैंकको नयाँ शाखा
काठमाडौं, ७ पुस । ग्रामीण क्षेत्रको विकासमा खास गरेर पिछडिएका महिलाहरूको आर्थिक तथा सामाजिक उत्थान र नेपालको गरिबी निवारण गर्ने उदेश्यले रोल्पाको जुगारमा १८० औं शाखा संचालनमा ल्याएको छ । सो शाखाको उदघाटन त्रिबेणी गाउँपालिकाका प्रमुख शान्त कुमार वलीले गरेका हुन् ।
बैंकले मुलुकका ७७ वटै जिल्लाहरुमा शाखा स्थापना गरी आफ्नो संजाल विस्तार गरी रहेको छ । बैंकले हाल सम्म ३ लाख २८ हजार ९०६ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । बैंकको १६ अर्ब ११ करोड ८१ लाख रुपैयाँ कर्जा लगानी र ९ अर्ब १३ करोड ६५ लाख रुपैयाँ बचत संकलन रहेको छ ।