Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

नेपाल जग्गा तथा आवास विकास संघको नेतृत्वमा मीनमान श्रेष्ठ

नेपाल जग्गा तथा आवास विकास संघको नेतृत्वमा मीनमान श्रेष्ठ

काठमाडाैं पुस । नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा मीनमान श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। संघको १२ औँ साधारणसभाले डाउनटाउन हाउजिङ कम्पनी प्रालिका श्रेष्ठलाई अध्यक्षमा दुई वर्षका लागि निर्वाचित गरेको हो । साधारणसभाबाट अध्यक्षसहित छ पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन ।

नवगठित कार्यसमितिको प्रथम उपाध्यक्षमा प्रोपर्टी डिलर्स प्रालिका इच्छाबहादुर वाग्ले, द्वितीय उपाध्यक्षमा एसबी कम्पनी प्रालिका विदुर धमला, तृतीय उपाध्यक्षमा सिडी डेभलपर्स प्रालिका दीपक कुवँर, महासचिवमा वागमती प्रोपर्टी डिलर्स प्रालिका भेषराज लोहनी र कोषाध्यक्षमा कन्टिनेन्टल डेभलपर्स प्रालिका पुरुषोत्तम पौड्याल निर्विरोध निर्वाचित भएकाेसंघका प्रशाकीय अधिकृत जगत श्रेष्ठले जानकारी दिए।

कार्यसमिति सदस्यमा तुलसीप्रसाद अधिकारी, बहादुरकृष्ण ताम्राकार, टंकबहादुर श्रेष्ठ, दीपक मलहोत्रा, आशिष गर्ग, गोविन्दप्रसाद लोहनी र सुमितकुमार अग्रवाल निर्वाचित भए।साधारणसभाको उद्घाटन गर्दै संघका निर्वतमान अध्यक्ष इच्छाराज तामाङले घरजग्गा व्यवसायले देशको आर्थिक हिस्सामा ठूलो टेवा पुर्याउँदै आएको भए तापनि राज्यले व्यवसायीलाई उपेक्षित गरेको गुनासो गरे।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सबल, सुदृढ र प्रतिष्ठित संस्थाको रुपमा स्थापित गर्न दत्तचित्त भई सबै व्यवसायीको हकहितको लागि निरन्तररुपमा प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x