अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश
काठमार्डौ, ९ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७४÷७५ प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रस्तुत गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमवार आयोजित समारोहमा आयोगका प्रमुख आयुक्त नविन घिमिरेले २८औँ प्रतिवेदन प्रस्तुत गरे ।
२सय ४७ पृष्ठको उक्त प्रतिवेदनमा आयोगको परिचय, सम्पादित कार्यअन्तर्गतका अनुसन्धान तथा अभियोजनको विश्लेषण, भ्रष्टाचार नियन्त्रका लागि चालिएका निरोधात्मक तथा प्रवद्र्धनात्मक उपाय, संस्था सुदृढीकरणका लागि भएका प्रयास, भ्रष्टाचारजन्य कार्यको विश्लेषण, सुझाव, आगामी रणनीतिक कार्यदिशासहित विषयवस्तु समेटिएको छ ।