मुक्तिनाथ विकास बैंकका ग्राहकलाई नेपाल क्यान्सर अस्पतामा १० प्रतिशत छुट

काठमाडौं, ९ पुस । मुक्तिनाथ विकास बैंक र नेपाल क्यान्सर अस्पताल बीच स्वास्थ्य सेवामा सहकार्य गर्ने सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने गरिएको उक्त सम्झौतामा बैंक प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र अस्पतालका कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले नेपाल क्यान्सर अस्पताल हरिसिद्विमा उपचार गराउँदा विभिन्न तोकिएका सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने छन् । मुक्तिनाथ विकास बैंकको हाल सम्म छ लाखको हाराहारीमा ग्राहक छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *