Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

चार महिनामा पौने पाँच खर्वको बस्तु आयात, निर्यात भने २९ अर्वको मात्र

चार महिनामा पौने पाँच खर्वको बस्तु आयात, निर्यात भने २९ अर्वको मात्र

काठमाडौं, ९ पुस । चालु आर्थिक वर्षको पहिलो चार महिनामा ४ खर्व ८३ अर्व ७६ करोड रुपैयाँको बस्तु आयात भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनीक गरेको तथ्यांक अनुसार आयात ३५.८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको चार महिनामा आयात १८.१ प्रतिशतले बढेको थियो ।

भारतबाट ३५.५ प्रतिशत, चीनबाट ४५.१ प्रतिशत र अन्य मुलुकबाट ३६.८ प्रतिशतले आयात बढेको छ । पेट्रोलिय पदार्थ, हवाई जहाज, मेसिनरी उपकरण तथा पार्टपुर्जा, सवारी साधन तथा पाटपुर्जा, धान, चामल लगायतको आयात बढेको छ ।

त्यस्तै सो अवधीमा निर्यात भने २९ अर्व २८ करोड रुपैयाँको भएको छ । निर्यातमा ११ प्रतिशतले बृद्धि भएको छ। अघिल्लो वर्षको चार महिनामा निर्यात ७.६ प्रतिशतले बढेको थियो ।

रेमिट्यान्समा बृद्धि

चार महिनामा रेमिट्यान्स आयमा ३६.४ प्रतिशतले बृद्धि भइ ३ खर्व १२ अर्व २६ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलमा रेमिट्यान्स आय २३.१ प्रतिशतले बढेको छ ।

चालुखाता एवं शोधनान्तर स्थिति
सो अवधीमा चालु खातामा ८८ अर्व रुपैयाँ ६४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधीमा यस्तो घाटा ४८ अर्व ९८ करोड रहेको थियो । समिक्षा अवधीमा शोधनान्तर भने ५७ अर्व ३३ करोड रुपैयाँले घाटामा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x