Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

नवकान्तिपुर बहुउद्देश्यीय सहकारीद्वारा एटीएम सेवा सुरू

नवकान्तिपुर बहुउद्देश्यीय सहकारीद्वारा एटीएम सेवा सुरू

काठमाडौं, ९ पुस । नवकान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले एटिएम सेवाको शुभारम्भ गरेको छ । काठमाडौंको गौशलामा राखिएको उक्त एटीएमको उद्घाटन संस्थाका अध्यक्ष शिव प्रसाद सिटौलाले गरे ।

यो एटीएम कार्ड संस्थाका सदस्यहरुलाई पुस मसान्तसम्म निःशुल्क प्रदान गरिने कामु प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद पाण्डेले जानकारी दिए । संस्थाको यो एटीएम कार्डबाट नेपालभर एससीटी नेटवर्क प्रयोग गर्ने अन्य बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाका एटीएम काउण्टरबाट समेत रकम निकाल्न सकिने व्यवस्था गरिएको जनाइएको छ । आफ्ना सदस्यहरुलाई प्रविधिमैत्री छिटो, छरितो र प्रभाकारी सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको संस्थाले जानकारी दिएको छ ।

चुक्ता पूँजी रु. ६ करोड १८ लाख ९३ हजार ८ सय रहेको संस्थाको कुल निक्षेप रु. २ अर्ब ५ करोड ८९ लाख ८५ हजार २८८ रहेको छ भने कर्जा लगानी रु. १ अर्ब २४ करोड ११ लाख ३० हजार ८१७ रहेको छ । संस्थामा जगेडा तथा अन्य कोषहरु गरी रु. १२ करोड ५८ लाख २५ हजार ७०१ रहेको छ । सञ्चालन बचत (मुनाफा) रु. ४ करोड ३३ हजार ६३४ रहेको संस्थाले आफ्ना सदस्यहरुलाई १८ प्रतिशतको दरले लाभांश दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x