Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

प्रदेश २ लाई प्रहरी भर्नाको बाटो खुल्यो,

प्रदेश २ लाई प्रहरी भर्नाको बाटो खुल्यो,

काठमाडौं, १६ पुस । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेश प्रहरी ऐन,२०७५ प्रमाणीकरण गरेसँगै प्रदेश २ मा प्रदेश प्रहरी भर्नाको बाटो खुलेको छ ।  प्रदेश प्रमुख कायस्थले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ। ऐनमा प्रदेश प्रहरीको प्रमुखको रुपमा राजपत्राकिंत बिशिष्ट श्रेणीको प्रहरी महानिरीक्षक रहने व्यवस्था छ। त्यस्तै खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदहरू मध्येबाट ४५ प्रतिशत पद आरक्षित गरिएको छ। जसमा ४५ प्रतिशतलाई १०० प्रतिशत आधार मानी मधेसी ५४.३६, दलित १७.२९, मुस्लिम ११.५८, आदिवासी जनजाति ६.६१, थारु ५.२७ प्रतिशत र आर्थिक रुपले बिपन्न खस आर्य ४.८९ प्रतिशत छुट्याइएको छ। यसको प्रत्येक समूहमा ५० प्रतिशत महिलाका लागि आरक्षित गरिएको छ ।

जम्मा १४ परिच्छेद, १०२ वटा दफा रहेको ऐनमा २ वटा अनुसूची रहेका छन्। ऐनमा प्रदेश प्रहरीको कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वयसम्बन्धी व्यवस्था संघीय कानुनले निर्धारण गरे बमोजिम हुने व्यवस्था ऐनको दफा ९९ मा उल्लेख गरिएको छ। प्रदेश लोक सेवा गठन नभएसम्म प्रदेश लोकसेवा आयोगले गर्ने भनी तोकेका काम, कर्तव्य लोक सेवा आयोगले गर्ने उल्लेख रहेको छ। त्यस्तै दफा ६ को उपदफा १ मा प्रदेश प्रहरीको संगठन संरचना र प्रहरी कर्मचारीहरूको संख्या नेपाल सरकारको सहमतिमा प्रदेश सरकारले तोके बमोजिम हुने व्यवस्था छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x