Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

जमानत जफत गर्दै खिम्ती-बाह्रबिसे प्रसारण लाइनको ठेक्का तोडियो

नेपाल विद्युत प्राधिकरणले चिनियाँ ठेकेदार कम्पनीले काम नगरेपछि खिम्ती-बाह्रबिसे प्रसारण लाइनको ठेक्का तोडिएको बताएको छ । प्रधिकरणले  तामकोसी-काठमाडौं ४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गतको पहिलो खण्डको ठेक्का तोडेको छ। ठेकेदार कम्पनीले राखेको ठेक्का रकमको १० प्रतिशत रकम  १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ कार्यसम्पादन जमानत जफत गरेको प्रधिकरणले जनाएकव् छ ।

प्राधिकरणले कम्पनीसँग ११ असोज ७३ मा ०७६ जेठ १२ मा निर्माण सम्पन्न गर्ने गरी १ करोड ४५ लाख ४३ हजार अमेरिकी डलरमा ठेक्का सम्झौता गरेको थियो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रणनीतिक महत्वको प्रसारण लाइनको कामलाई तीव्रता दिन ठेकेदार कम्पनीलाई पटक-पटक निर्देशन दिए पनि आयोजनको काम अघि नबढाएपछि ठेक्का तोडिएको हो । आगामी मे भित्रै अर्को ठेक्का समझौता हुने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x