नेपाल र श्रीलंका बीचको समृद्धिमा जोड
काठमाडौं, १६ पुस । नेपाल स्थिति श्रीलंका राजदुतवास र नेपाल श्रीलंका चेम्बर अफ कमर्श एण्ड इन्ड्रष्टिजको संयुक्त तत्वावधानमा नेपाल र श्रीलंका बीचको आर्थिक सम्बन्ध विस्तारका बिषयमा छलफल भएको छ । नेपाल र श्रीलंकाबीच दौत्यसम्बन्ध कायम भएको ६१ औं वर्ष गाठको अवसरमा नेपाली उद्यमी, व्यवसायी र श्रीलंका राजदुतावास बीच कसरी दुई देशिय सम्बन्धलाई आर्थिक हिसावले घनिभूत गर्न सकिन्छ र लगानीलाई दुवैतर्फ कसरी आकिर्षत गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताइएको छ।
कुटनितिक सम्बन्धलाई अझ गाढा बनाउदै मुलुकको समृद्धि र विकासलाई आर्थिक क्रियाकलापको माध्यमबाट अझ नजिक बनाउनु पर्दछ भन्ने अभिप्रायले २००६ मा द्धिराष्ट्रिय उद्योग वाणिज्य संघको रुपमा नेपाल श्रीलंका चेम्वर अफ कमर्स एण्ड इन्ड्रटिष्ज गठन भएको हो ।
संघ गठन पश्चात द्धिपक्षिय लगानी अभिवृद्धीका सन्र्दमा दुवै देशका उद्यमीव्यवशायीहरु बीच संयुक्त लगानी परियोजनाहरुमा काम अधि बढाइएको नेपाल श्रीलंका उधोग वाणिज्य संघका अध्यक्ष रमेश महर्जनले बताए । उनले नेपाल र श्रीलंकाबीच द्धिपक्षीय संयुक्त लगानीका प्रशस्त सम्भावनाहरु रहेको बताए । खासगरी चिया, जडिवुटी,पत्थर, सिफुड, शिक्षा, पर्यटन, जलविद्युतआदिथुप्रै क्षेत्रहरु रहेका छन् ।
हाल नेपालबाट २५ लाख बराबरको वस्तुहरुको निकासी श्रीलंका तर्फ गरेको देखिएको छ भने श्रीलंकाबाट १७ करोड वरावरका वस्तुहरुको आयात भएको सरकारी तथ्यांकले देखाएको छ । नेपालमा श्रीलंकाबाट बैक तथा बीमा क्षेत्रमा संयुक्त लगानी प्रवाह भएको देखिन्छ भने पछिल्लो समय ७ वटा परियोजनामा लगानी स्वीकृत भएको सहकारी तथ्याकले देखाएको छ ।
कार्यक्रममा नेपालका लागि श्रीलंका राजदुत स्वर्ण परेराले नेपाल र श्रीलंका बीचको ६१ औं वर्ष गाँठ प्रवेश गर्दै गर्दा दुई देशीय आर्थिक सम्बन्धलाई थप बलियो पार्नु पर्नेमा जोड दिए । पर्यटनको प्रशस्त सम्भावना भएता पनि दुई देश बीच डाइरेट उडान हुन नसक्दा वार्षिक ५० औं हजार पर्यटक भारत हुदै लुम्विनी जाने गरेको उनले वताए ।