नेप्सेमा दोहोरो अंकको गिरावट
काठमाडौं, १८ मंसिर । सोमबार शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । शेयर बजारको परिसुचक नेप्से परिसुचक १०.९० अंकले घटेर १५२६.७७ विन्दुमा पुगेको छ ।
आज सोमबार १५७ कम्पनीहरुको १ लाख १६ हजार ४९३ कित्ता शेयरको किनबेचबाट ५४ करोड २३ लाख ९३ हजार १३४ रुपैयाँको कारोबार भएको छ ।
शेयर बजारमा आज वीमा समुहको उपसुचकमा भारि गिरावट आएको छ । वीमा समुह सोमबार १०४.५९ अंकले घटेको छ । यस्तै होटल समुह र उत्पादन समुहको सुचक बाहेक अरु सवै सुचकहरुमा गिरावट आएको छ ।