Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

आउला त पर्यटन मन्त्री अधिकारीको राजिनामा ? पत्रकार सम्मेलन गर्दै

आउला त पर्यटन मन्त्री अधिकारीको  राजिनामा ? पत्रकार सम्मेलन गर्दै

काठमाडौं, २३ पुस ।  वाइडबडी विमान खरीद प्रकरणमा मुछिएका पर्ययटन मन्त्री रवीन्द्र अधिकारीको राजिनामको विषयमा  बालुवाटारमा गएराति अवेर सम्म छलफल भएको  छ । गए राति भएको छलफलमा मन्त्री अधिकरीले सोमबार राजीनामा दिने सम्भावना बढी रहेको स्रोतले बताएको छ । यस बिषयमा जानकारी गराउन उनले लेखा समिति बैठक बस्नु अघि नै मन्त्री अधिकारीले बिहान १० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै गर्दै छन् । ११ बजे लेखा समितिको बैठक बोल्याइएको छ । बिहान ११ बजे बस्ने बैठकले पर्यटन मन्त्रालयका सचिव कृष्ण देवकोटा र नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निलम्बन सिफारिस गर्ने तयारी भइरहेको छ । वाइडवडी प्रकरणमा मुछिएपछि  मन्त्री अधिकारिले पहिलो पटक पत्रकार सम्मेलन गर्न लागेका हुन । नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरिदमा भएको घोटालाका सम्बन्धमा छानबिन गर्न बनेको संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले खरिद प्रक्रियामा संलग्न मन्त्रीहरूलाई कारबाही सिफारिस गरेको छ। दुईटा वाइड बडी जहाज खरिदमा अनियमितता भएको सार्वजनिक भएपछि लेखा समितिले छानबिन गर्न उपसमिति गठन गरेको थियो। उपसमितिले १५ दिन अनुसन्धान गरी तीन अर्ब ८८ करोड रुपैयाँ घोटाला भएको निष्कर्ष निकालेको छ। जसमा बहालवाला पर्यटन मन्त्री रविन्द्र अधिकारीका अतिरिक्त पूर्व दुइ पर्यटन मन्त्रीहरु जिवन बहादुर शाही र जितेन्द्र देव  नेपाल बायु सेवानिगमा सुगतरात्नकंशाकार लागायत पादधिकारीले अनियमितता गरेको ठहर गर्दै हदैसम्मको कारवाहीको सिफारिस गरेको छ ।  यसअघि महालेखा परीक्षकले ६ अर्ब रुपैयाँ घोटाला भएको सार्वजनिक गरेको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *