ओम बैंकले १२.७० प्रतिशत बोनस सेयर दिने
काठमाडौं, २९ पुस । ओम डेभलपमेन्ट बैंकको १२.७० प्रतिशतका दरले बोनस सेयर दिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट बोनस दिने निर्णय गरेको हो ।
ओमलाई प्राइम बैंकले एक्वायर गर्ने तयारी गरिरहेको यस बैंकको प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकबाट अनुमोदन भएपछि वार्षिक साधारण सभामा पेश गरिने बैंकले जनाएको छ ।