कास्की र कैलालीमा राष्ट्रिय वाणिज्य बैंकका थप दुई शाखा संचालनमा
काठमाडौं, १ माघ । राष्ट्रिय वाणिज्य बैंकले थप २ वटा नया शाखा संचालनमा ल्याएको छ । कैलाली जिल्लाको धनगढी उप महानगरपालिकापालिका वडा न. ७ धनगढी स्थित क्याम्पसचोकमा र कास्की जिल्लाको पोखरा महानगरपालिकापालिका वडा न. ६ बराहीचोक स्थित लेकसाईडमा बैंकले नयाँ शाखा स्थापना गरि कारोबार संचालनमा ल्याएको हो ।
मुलुकको सबैं स्थानिय स्तरमा बैंकिङ्ग पहुँच विस्तार गर्ने उदेश्यले राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गर्दै लगेको छ । शाखा विस्तार सँगै शाखा कार्यालयहरुको संख्या २१२ पुगेको छ भने १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग कार्यलयबाट बैंकले सेवाग्राहीमा वित्तिय सेवा दिइरहेको छ ।