पुन: निर्माणको कछुवा गति जम्मा ४६ प्रतिशत निजी आवास निर्माण सम्पन्न
काठमाडौं,२ माघ । भुकम्प पछिको पुन: निर्माण महाअभियान शुरु गरेको तीन बर्ष पुरा भएको छ । गएको तीन बर्षमा विध्यालय भवन तथा नीजी आवास निर्माणमा केही प्रगति भएपनि समग्रमा नतिजा सन्तोषजनक देखिदैन । तीन बर्ष सम्म ५० प्रतिशतसम्म काम नसकिएको अवस्था छ । प्राधिकरणका अनुशार हाल सम्म निजि आवास तर्फ ४६ प्रतिशत पुन निर्माण सम्पन् भइ सकेको छ । ३२ प्रतिशत संरचाहरु निर्माणको क्रममा रहेकका छन् । यसैगरी पुन निर्माण गर्नु पर्ने सातहजार विध्यालय भवनहरु मध्ये ४ हजार मात्र विध्यालय भवनको पुन निर्माण सम्पन्न भएको छ । केही १२ साय संस्था संस्था मध्ये ६०० भनव पुन निर्माण भएका छन् । प्रसुति र विर अस्पतालको निर्माण कार्य पुरा हुन लगेको प्राधिकरणले जनाएको छ । यस्तै ६० प्रतिशत सरकारी भवनहरुको निर्माण कार्य सम्पन्न भएको छ ।
यस्तैं गएको तीन बर्षमा जम्मा २८ प्रतिशत मात्र पुरातत्विक एवं साँस्कृतिक सम्पदा तथा परम्परागत वस्तीहरुको पुनर्निर्माण सकिएको छ । यसरी संस्कृत सम्पदाको पुन निर्माणको गति कम हुनुमा पुरात्वतिक एवम एतिहासिकताको निरन्तरताका लागि पहल स्रोत ब्यवस्थापन र पुन निर्माण निकायहरू बीचको समन्वयमा कमि रहेको प्राधिकरणका अधिकारी बताउछन् । पञ्चवर्षीय पुनर्निर्माण तथा पुनर्स्थापना योजना अनुसार पुन निर्माण सम्पन्न गर्न ९सय ३८ अर्ब लाग्ने बताइएको छ ।