Date

शुक्र, पुस २६, २०८१
Fri, January 10, 2025

हानद्वारा विमानस्थलमा बगैचा र चौतारी निर्माण

हानद्वारा विमानस्थलमा बगैचा र चौतारी निर्माण

काठमाडौं, ३ माघ । होटल संघ नेपाल (हान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेशद्वारको दुवै तर्फ नेपाली मौलिकता झल्कने कलात्मक चौतारीहरुको निर्माण गरेको छ । विमानस्थललाई नेपाल भित्रिने पर्यटकहरुको आकर्षणको प्रथम केन्द्र सहित मनमोहक बनाउने हेतुले सुरु ग्रिएको बुटिक एयरपोर्टकोे अभियानलाई निजी क्षेत्रको तर्फबाट स्वागत गर्दै चैतारी निर्माण गरिएको संघका अध्यक्ष अमरमान शाक्यले जानकारी दिए ।

हानका अध्यक्ष अमरमान शाक्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीलाई उक्त बगैंचा तथा चौतारी हस्तान्तरण गरे । त्यस्तै कार्यक्रममा संघका महासचिव विनायक शाहले नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० को पूर्व सन्ध्यामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउने कार्यलाई थप ऊर्जा तथा प्रोत्साह गर्ने अभिप्रायले विमानस्थल प्रवेशद्वार दायाँ वायाँ खाली रहेको स्थानमा संघले कलात्मक चौतारी निर्माण गरेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x