बजार ०.२० अंकले घट्दा २८ करोड बढीको कारोबार
काठमाडौं, ३ माघ । साताको अन्तिम कारोबार दिन बिहिबार (आज) सेयर बजारमा गिरावट आएको छ । बजार खुलेदेखिनै उतार चढावका बीच बजार अन्तमा ०.२० अंकले घटेर ११८७.७७ को बिन्दुमा बन्द भयो ।
हाइड्रोपावर, माइक्रोफाइनन्स र अन्य बाहेक अरु सबै समूहको परिसूचक सो दिन घट्न गयो । सबैभन्दा बढी नीर्जिवन बीमा समूहको परिसूचक ६२.३६ अंकले घट्यो ।
१ सय ६४ कम्पनीको २८ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएकोमा नेपाल बैंकको सबैभन्दा धेरै कारोबार भयो । माथिल्लो तामाकोशी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाए भने जोशी हाइड्रोपावर विकास कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।