कृषि क्षेत्रमा वित्तिय पहुँच सुदृढ बनाउन लक्ष्मी बैंकले सहयोग गर्ने
काठमाडौं, ३ माघ । लक्ष्मी बैंक र नेपाल एग्रिबिजिनेश इन्नोभेसन सेन्टर बैंकिङ च्यानल मार्फत एग्रि–स्टार्ट अपहरु तथा एग्रि–एसएमइहरुका लागि वित्तीय सहयोग प्रदान गर्नेबारे समझदारी भएको छ । कृषि क्षेत्रमा वित्तिय पहुँचलाईलाई सुदृढ बनाउने उद्देश्य सहित यस्तो सम्झौता गरिएको हो ।
नेपाल एग्रिबिजिनेश इन्नोभेसन सेन्टर कृषि व्यवसायको लागि सल्लाह तथा परामर्श सम्बन्धी सेवा प्रदान गर्दै आएको संस्था हो । लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल एग्रिबिजिनेश इन्नोभेसन सेन्टरका प्रतिनिधी बीच सो सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अन्तर्गत सहयोगका प्रमुख क्षेत्रहरु सूचना तथा अनुभवको आदानप्रदान, नेटवर्कमा पहुँच, संयुक्त रुपमा परियोजनाको विकास लगायत समान उद्देश्यका अन्य क्षेत्रहरु रहेका छन् । लक्ष्मी बैंक नेपाल एग्रिबिजिनेश इन्नोभेसन सेन्टरको संस्थागत सदस्य पनि हो ।