Date

शुक्र, फाल्गुन ३०, २०८१
Fri, March 14, 2025

विश्व आर्थिक मञ्चको बैठकमा नेपालको सहभागिताले लगानी सम्मेलनमा सहयोग पुग्ने

विश्व आर्थिक मञ्चको बैठकमा नेपालको सहभागिताले लगानी सम्मेलनमा सहयोग पुग्ने

काठमाडौं, ५ माघ । स्विटजरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको बैठकमा नेपालको सहभागिताले नेपालमा हुन गइरहेको लगानी सम्मेलनमा सहयोग पुग्ने विश्वास सरकारले लिएको छ ।  नेपालमा आगामी मार्चमा हुन लागेको लगानी सम्मेलनलाई सार्थक पार्न तथा लगानी भित्र्याउन मंचमा नेपालको सहभागिता महत्वपूर्ण रहने परराष्ट्रमन्त्री ज्ञवालीले बताए । लगानी सम्मेलनमा बृहत् सहभागिता गराउन र विश्वका प्रतिष्ठित कम्पनीलाई आकर्षित गर्न पनि मञ्च उपयोगी हुने मन्त्रीले बताए ।

ही माघ ८ देखि ११ गतेसम्म हुने सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भाग लिनुहुने कार्यक्रम छ । विश्व आर्थिक मञ्चको सो ४९ औँ बैठकमा भाग लिन प्रधानमन्त्री ओली आइतबार स्विटजरल्याण्डतर्फ प्रस्थान गर्दै छन् । सातदिने सो भ्रमणमा मञ्चको बैठकको साइडलाइनमा विभिन्न देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसँग महत्वपूर्ण भेटघाट हुनसक्ने पनि प्रधानमन्त्रीले संसदलाई जानकारी गराएका छन् ।

डाभोस फोरम आर्थिक विषयवस्तुमा बहस, मन्थन गर्ने महत्वपूर्ण संस्था भएकाले हाम्रा विकासका अनुभव र आकाङ्क्षाबारे सुनाउन पनि सो मञ्च उपयुक्त हुने उनको भनाइ छ ।

यस पटकको वार्षिक बैठकमा जर्मनीका चान्सलर एन्जेला मर्केल, जापानका प्रधानमन्त्री शिन्जो आबे, स्विटजरल्याण्डका राष्ट्रपति उएली माउरर, ब्राजिलका राष्ट्रपति जाइर बोल्सारो, चीनका उपराष्ट्रपति वाङ छिसान लगायतले भाग लिनुहुने कार्यक्रम छ । उहाँहरूसग् दुक्ष पक्षिय भेटवार्ता हुने बताइको छ ।

प्रधानमन्त्रीको नेतृत्वमा बैठकमा भाग लिन जाने २० सदस्यीय टोलीमा प्रधानमन्त्री ओली, प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्र सचिव शङ्करदास वैरागीलगायत हुनुहुन्छ । बैठकमा जेनेभास्थित स्थायी प्रतिनिधि तथा स्विजरल्याण्डका लागि नेपाली राजदूत दीपक धिताल पनि नेपाली टोलीमा सहभागी हुनुहुनेछ ।  प्रधानमन्त्री माघ १२ गते स्वदेश फकर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x