Date

बुध, कार्तिक ७, २०८१
Wed, October 23, 2024

आगामी पाँच बर्षभित्र गरिवि ७ प्रतिशतमा झार्ने गण्डकी प्रदेशको लक्ष्य

आगामी पाँच बर्षभित्र गरिवि ७ प्रतिशतमा झार्ने गण्डकी प्रदेशको लक्ष्य

काठमाडौं, १४ माघ । गण्डकी प्रदेश सरकारले आगामी पाँच बर्ष भित्र १४ दशमलव २ प्रतिशतमा रहेको गरिविलाइ ७ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ । आगामी चैत्रमा गण्डकी प्रदेश सरकारले ल्याउन लागेको प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजनामा गरिविलाई सात प्रतिशतमा झार्ने लाक्ष्य सहितको नीति समावेश गरिएको छ ।  यसका लागि प्रत्येक वर्ष ८ प्रतिशतका दरले वार्षिक आय वृद्धि गर्ने लक्ष्य लिएको छ । यसैगरी प्रतिव्यक्ति आय २५ सय अमेरिकी डलर पुर्‍याउने नीति योजनामा समावेश गरिएको छ ।

सरकारले यो आर्थिक वर्ष प्रादेशिक नीति तथा संरचना निर्माण वर्षका रुपमा लिएको छ । चैतभित्रै आवधिक योजना ल्याउने र बैशाखबाट कार्यान्वयनमा लैजाने सरकारको योजना छ । गण्डकी प्रदेश सरकारले प्रत्येक वर्ष ८ प्रतिशतका दरले वार्षिक आय वृद्धि गर्ने लक्ष्य लिएको छ ।

हाल प्रदेश सरकारले गठन गरेको प्रदेश नीति तथा योजना आयोगले पञ्चवर्षीय आवधिक योजना तयार पार्न १० जिल्लाबाट सुझाव संकलन सकिसकेको छ । गण्डकी प्रदेशले पर्यटन, ऊर्जा, कृषि, उद्योग र भौतिक पूर्वाधार विकासलाई आर्थिक समृद्धिको आधारको रुपमा प्रदेश योजना आयोगका आयोगका उपाध्यक्ष डा. गिरीधारी पौडेलले जानकारी दिए ।

हाल प्रदेश ४ को मानव सुचाङ्क ५१२ रहेको छ जुन सातबटा प्रदेश पछि दोस्रो हो पहिलोमा प्रदेश ३ रहेको छ । राजश्व संकलनमा भने यो प्रदेश ४ बटा प्रदेश भन्दा पछाडी छ । तर आर्थिक रुपले सवै भन्दा बढी सक्रिय जनशक्ती भने यही प्रदेशमा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x