उपत्यका विकास प्राधिकरण खारेज गर्न महानगरको प्रस्ताव
काठमाडौं १४ माघ । केही दिन यताबाट भवन निर्माण मापदण्डलाई लिएर काठमाडौं उपत्यका विकास प्राधिकरण र काठमाडौं महानगरपालिका बीच बिवाद वढदै गएपछि महानगरपालिकाले उपत्याका विकास प्राधिकरण खारेज गर्न प्रस्ताब गरेको छ ।
काठमाडौं महानगरले पछिल्लो पटक जारी गरेको ‘भवन निर्माण मापदण्ड २०७५’ कमजोर भएको भन्दै प्राधिकरणले सच्याउन आग्रह गरेपछि महानगरपालिकाले प्राधिकरण क्षेत्रअधिकार भन्दा बाहिर गएको आरोप लगाउदै प्राधिकरण खारेजीको प्रस्ताब गरेको हो पत्रकार सम्मेलन मार्फत काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले प्राधिकरण खारेज गर्नका लागि सरकारसँग प्रस्ताव लैजान लागेको जाकारी गराएका हुन । स्थानीय तहको समस्या स्थानीय तहले नै समाधान गर्ने हुँदा उपत्यका विकास प्राधिकरणको काम नभएकाले यसलाइ खारेज गर्नु पर्ने त्यसकालागि सरकारलाइ आग्रह गर्न लागिएको उनले बताए ।
प्राधिकरणको मापदण्डमा आवासिय भवन अधिकतम् ५ तला र उचाइ ४५ फिटभन्दा माथि हुन नहुने उल्लेख छ । तर, महानगरपालिकाको मापदण्डमा आवासिय भवनलाई ७ तला र उचाइ ६५ फिटसम्म बनाउन सक्ने सुविधा दिएपछि विवाद सतहमा आएको हो ।