सेयर बजारमा २ अंकको सुधार, २२ करोडको कारोबार

काठमाडौं, १४ माघ । सोमबार सेयर बजारमा केही सुधार देखिएको छ । बजार २.७९ अंकले बढेर ११६४.८९ बिन्दुमा बन्द भएको छ ।

होटल, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन र अन्य समूहको परिसूचक ओरालो लागेको छ भने निजवबीमा, माइक्रोफाइनान्स, नीर्जिवन बीमा, फाइनान्स र बैंकिङ समूहको परिसूचक बढेको छ ।

१ सय ६५ कम्पनीको २२ करोड रुपैयाँ बढीको सेयर कारोबार भएकोमा सिभिल बैंकको प्रमोटर सेयरको सबैभन्दा धेरै किनबेच भएको छ । सो दिन सपोट माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाए भने हाथवे फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *