Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कृषि उद्यम केन्द्रमा भएको भ्रष्टाचार छानविन गर्न समिति

कृषि उद्यम केन्द्रमा भएको भ्रष्टाचार छानविन गर्न समिति

काठमाडौं, १४ माघ । नेपाल उद्योग वाणिज्य महासंघले कृषि उद्यम केन्द्रमा भ्रष्टाचार भएको ठहर गरेको छ । भ्रष्टाचार भएको भन्दै महासंघले छानबिनका लागि महासंघकै वरिष्ठ सदस्य शकुन्तलाल हिराचनको संयोजकत्वमा समिति गठन गरेको छ ।

समितिमा सदस्य विनोद ढकाल छन् । समितिले कृषि उद्यम केन्द्रका परियोजना र त्यसमा भएको भ्रष्टचारबारे छानविन गर्ने छ ।

त्यस्तै कार्यसमिति बैठकले महासंघमा आबद्ध कर्मचारीले पनि भ्रष्टाचार गरेको आरोप लागेपछि पूर्व उपाध्यक्ष दिनेश श्रेष्ठको संयोजकत्वमा समिति बनेको छ । त्यसमा डीबी बस्नेत सदस्य छन् ।

महासङ्घका तत्कालीन कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले केही पदाधिकारी र कर्मचारी मिलेर भ्रष्टाचार गरेको आरोप लगाएपछि कार्यसमितिले छानबिन समिति बनाएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x