मेलम्चीको काम बिचैमा छाड्ने सिएमसीसँग सरकारले थाइल्याण्डमा वार्ता गर्ने
काठमाडौं, १७ माघ । मेलम्ची खानेपानी आयोजनाको काम बिचैमा छोडेर स्वदेश फर्किएको इटालियन कम्पनी सएमसीसँग नेपाल सरकारले थाइल्याण्डमा वार्ता गर्ने भएको छ । डिसेम्बरको अन्तिम साता स्वदेश फर्किएको सिएमसीलाई काममा फर्काउन नेपाल सरकारले प्रयास गरेपनि नेपालमा वार्ता नगर्ने अडान राख्दै आएको थियो ।
सरकारले अन्तिम पटक भन्दै पुन सोचविचारका लागि माघ ३० गते सम्मको समयसिमा राखि पत्र लेखेपछि सीएमसी थाइल्याण्डमा वार्ताका लागि तयार भएको बताइएको छ।
सिएमसीसँग वार्ताबाट सहमतिको अन्तिम प्रयास गर्ने र नभए निर्माण आफै गर्ने सरकारको तयारी छ ।