अब सातै प्रदेशका राजधानीबाट श्रम स्वीकृति लिन सकिने
काठमाडौँ, २३ माघ । सरकारले प्रदेश १ को अस्थायी मुकाय विराटनगरबाट पनि श्रम स्वीकृति लिने ब्यवस्था गरेसँगै अब सवै प्रदेशबाट श्रम स्वीकृत लिन सकिने भएको छ ।
वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले आज देखि विराटनगरबाट पनि श्रम स्वीकृति प्रदान गर्न सुरू गर्न लागेको हो ।
वैदेशिक रोजगारसम्बन्धी सेवा प्रदान गर्न आवश्यक व्यवस्थापकीय तथा प्राविधिक तयारी पूरा भएको श्रम रोजगार तथा समाजिक शुरक्षा मन् मन्त्रालयले जनाएको छ ।
यसका साथै विराटनगरमा स्थापित गरिने श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिनेछ ।
यस अघि मन्त्रालयले पहिलो चरणमा गत पुस १५ गतेदेखि प्रदेश नं २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश नं ५ को एकै पटक श्रम कार्यायल स्थपना गरेको मन्त्रालयले यो सगै सवै प्रदेश राजधानिबाट श्रम स्वीकृत लिन सक्ने ब्यवस्था गरिसकेको छ ।