Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पश्चिम सेती जलविद्युत् आयोजना देखि निजगढ विमानस्थल निर्माणमा कतारको चासो

पश्चिम सेती जलविद्युत् आयोजना देखि निजगढ विमानस्थल निर्माणमा कतारको चासो

काठमाडौं, २३ माघ । बैदेशीक रोजगारमा जाने नेपोलीहरूलाई रोजगारको ब्यवस्था गर्दै आएको कतार सरकारले नेपालका राष्ट्रिय गौरवका आयोजनाहरुमा लगानीको चासो देखाएको छ । बाराको निजगढमा निर्माणाधिन दोस्रो अन्तराष्ट्रिय विमान स्थलका सम्वन्धमा कतार सरकारले लगानिको इच्छा गरेको समाचार वाहिर आइरहेको वेला पश्चिम सेती जलविद्युत् आयोजनामा पनि लगानी गर्न कतार सरकारको एक कम्पनीले इच्छा व्यक्त गरेको छ ।

कतारका लगानीकर्ताले सो आयोजनामा चासो देखाएपछि लगानी बोर्डका अधिकारी र सो कम्पनीका अधिकारीबीच द्विपक्षीय छलफल शुरु भइसकेको छ । जसका लागि बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेसहितको टोलीले कतारको नेब्रास पावर कम्पनीका अधिकारीसँग  हाल कतारमा  छलफल गरेको छ ।  कम्पनीको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार भएको भइसकेको छ ।  कूल ७५० मेगावाट क्षमताको सो आयोजना चिनिया अष्ट्रेलिया कम्पनिले जिम्मा लिएपनि  काम नगरि यसै फर्किएका छन् ।

यस्तै आर्को गौरवको आयोजन निजगढ विमान स्थल कतारले बनाउन इच्छा देखाएर विमान स्थलम निर्माणका सम्वन्धमा भएको प्रगति सम्वन्धी जानकारी यसअघि नै मागि सकेको छ ।  सरकारले विमानस्थल निर्माणको प्रगतीसहितका वितरण कतारस्थित नेपाली दूतावासमार्फत कतार सरकारलाई पठाएको बताइएको छ ।

विमानस्थलको सम्भाव्यता अध्ययन गरेको कोरियन कम्पनी ल्याण्डमार्क वर्ल्डवाइडको रिपोर्ट, विभिन्न समयका भएका अन्य अध्ययन, संसदीय समितिले गरेको प्रतिवेदनलगायतका प्रतिवेदन दूतावासमार्फत कतार पठाइएको मन्त्रालयका अधिकारीले बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x