Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

प्रणय दिवसको अवसरमा सौराहमा फुड फेस्टिभल

काठमाडौं, २३ माघ । प्रणय दिवसको अवसरमा सौराहमा फुड फेस्टिभल आयोजना गरिने भएको छ । रेस्टुरेन्ट एन्ड बार एशोसिएशन (क्षेत्रीय रेवान) को आयोजनामा माघ २८ देखि फागुन ३ गतेसम्म सौराहाको सिसुवाचौरमा १३औं सौराहा फुड फेस्टिभल–२०७५ हुने भएको हो ।

आन्तरिक एवम् बाह्य पर्यटकको आकर्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रणय दिवसको अवसर पारेर फेस्टिभल आयोजना गरिएको आयोजकले जनाएको छ ।

यस पटक पर्यटकलाई प्रत्येक खानामा १५ प्रतिशत छूटको व्यवस्थाका साथै प्रणय दिवसको दिनबाहेक प्रवेश निःशुल्क गरिएको संयोजक गिरीले बताए । फेस्टिभलमा ५० ओटा खानाका स्टल र ५ वटा प्रदर्शनी स्टल रहनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x