Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

लगानीकर्ताको विश्वास अझै जागेन शेयर बजार प्रति

लगानीकर्ताको विश्वास अझै जागेन शेयर बजार प्रति

काठमाडौं, २४ मंसिर । शेयर बजारमा लगानीकर्ताहरुको विश्वास बढ्न सकेन । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पनि शेयर बजारमा उत्साह आउने विश्वास गरिएता पनि आइतबार लगानीकर्ताहरुको विश्वास नबढेको देखियो ।

शेयर बजार खुल्ना साथ बढेको बजार पछि निरन्तर घट्ने क्रममा रह्यो । २०.०८ अंकले बढिसेकेको शेयर बजार बन्द हुँदा ६.०५ अंकले ह्रास आयो । आइतबार शेयर बजारको परिसुचकमा ६.०५ अंकले घटेर परिसुचक १५३६.४९ विन्दुमा पुगेको छ । निर्वाचन पछि शेयर बजारमा उत्साह छाउने सबैले विश्वास गरेको थिए । हाम्रो शेयर बजारमा राजनितीक घटनाक्रमले प्रत्यक्ष असर पार्दै आएको छ । निर्वाचनपछि स्थिर सरकारको गठनले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने सम्भावना बढेको छ । सोहि कारणले पनि शेयर बजारले सकारात्मक गति लिनमा विश्वास गरिएको हो ।

अहिले मतगणना हुँदै गर्दा शेयर बजारमा सकारात्मक प्रभाव कम देखिन विश्लेषकहरुको धारणा रहेको छ । मतगणना सकिए पछि स्थिर सरकारको गठनले शेयर बजारमा सकारात्मक प्रभाव पार्नेमा विश्लेषक तथा लगानीकर्ताहरुको धारणा रहेको छ ।

आइतबार शेयर बजारमा १५८ कम्पनीहरुको १२ लाख १२ हजार सात सय कित्ता शेयरको किनबेचबाट ६४ करोड ७० लाख ७० हजार ८० रुपैयाँको कारोबार भएको छ । कारोबार रकमको तुलना गर्दा शेयरबजारमा शेयर खरिद बिक्रीमा व्यापकता आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x